+
+
Shares

सरकार निर्वाचन नगराई आयु लम्ब्याउने खेलमा नलागोस् : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते १८:१४
File Photo

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारलाई निर्वाचन नगराई आयु लम्ब्याउने खेलमा नलाग्न चेतावनी दिएका छन् ।
  • साहले जेनजी आन्दोलनको माग पूरा गर्न केन्द्रित हुन र मन्त्रिपरिषद्मा सहिद परिवारबाट प्रतिनिधित्व गराउन आग्रह गरेका छन् ।
  • उनले व्यवस्था बदलाव र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने र तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन जनदबाब सृजना गर्ने बताएका छन् ।

६ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारलाई निर्वाचन नगराई आयु लम्ब्याउने खेलमा नलाग्न सुझाएका छन् ।

दीपावली, पर्व छठको अवसरमा रौतहटको गुजरा नगरपालिका-३ बलुवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको माग पूरा गर्नमा केन्द्रित हुनुपर्ने बताए ।

मन्त्रिपरिषद्मा जेनजी वा जेनजी आन्दोलनका सहिद परिवारबाट प्रतिनिधित्व गराउन पनि उनको आग्रह थियो ।

जेनजीको माग केवल तत्कालीन सरकार हटाएर अर्को सरकार बनाउनु नरहेको भन्दै उनले व्यवस्था बदलाव, भ्रष्टाचारीलाई कारबाही लगायतका माग सम्बोधन गर्न आग्रह गरे ।

वर्तमान सरकार निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागे त्यो सैह्य नहुने उनको चेतावनी छ । तोकिएको मितिमा जसरी पनि निर्वाचन सम्पन्न गराउन आजपाले जनदबाब सृजना गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?