+
+
Shares

ओली सरकार भ्रष्टाचारमा डुब्यो : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते १२:०८

१९ जेठ, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।

आइतबार भैरहवामा सञ्चारमकर्मीहरुसँग कुरा गर्दै देउवाले वाइडबडी विमान खरिद, बुढिगण्डकी जलविद्युत आयोजना, बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टचार भएको दावी गरे । विदेशी सहयोग र अनुदानबाट आउने रकम पार्टीका कार्यकर्ता पोस्ने खालका कार्यक्रम वजेटमा आउनु पनि भ्रष्टाचार नै भएको देउवाको आरोप छ ।

सरकारबाट हुने भ्रष्टाचार र गलत काम बाहिर आउन नदिन मिडिया काउन्सिल बिधेयक ल्याइएको दावी गर्दै देउवाले स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?