+

मैत्रीपूर्ण खेलमा विश्वविजेता फ्रान्सको जित

२०७६ जेठ  २० गते ७:२४ २०७६ जेठ २० गते ७:२४
मैत्रीपूर्ण खेलमा विश्वविजेता फ्रान्सको जित

२० जेठ, काठमाडौं । विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बोलिभियालाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा घरेलु टोली फ्रान्सले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान र थोमस लिमारले गोल गरे ।

खेलको पाँचौं मिनेटमा नै थोमसले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाए । एकपछि अर्को दबावमा राखेको फ्रान्सले खेलको ४३औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने ग्रिजम्यानले गोल गरेका थिए ।

पहिलो हाफमै २–० गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा भने गोल गर्न सकेन । तुलनात्मक रुपमा दोस्रो हाफ राम्रो खेले पनि बोलिभियाले फ्रान्सविरुद्ध गोल गर्न सकेन ।

त्यस्तै, अन्य मैत्रीपूर्ण खेलमा टर्कीले उब्जेकिस्तानलाई २–० गोलअन्तरले पराजित गर्दा भेनेजुएला र एक्वेडरले भने १–१ गोलको बराबरी खेलेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय