३१ जेठ, काठमाडौं । पशुबली जरैबाट निर्मुल गर्न भन्दै काठमाडौंमा शुक्रबार पशुबलीविरुद्ध र्याली निकालिएको छ । पशु कल्याण संघ नेपालले शान्तिवाटिकाबाट सुरु गरेको र्याली असन, चाक्सीबारी हुँदै सोह्रखुट्टे पुगेर फेरि ठमेलको सञ्चयकोष भवननजिक आई समापन भएको थियो ।
र्यालीका सहभागीले कुखुरा, राँगो, खसी, बंगुर आदि जनावरको आकृति भएको मुकुण्डो लगाएर प्रदर्शन गरेका थिए ।
नेपालमा हुने सबै किसिमको पशु बली तथा पशुपंक्षीप्रति हुने दुर्व्यवहारको अन्त्य गर्ने उद्देश्यले र्याली निकालिएको संघले जनाएको छ । मठ मन्दिर, चाड पर्व, औपचारिक समारोह वा साँस्कृतिक कार्यक्रममा हुने पशुबली रोक्नुपर्ने संघले बताएको छ ।
 
 
 
 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4