+

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र पाराग्वेले अंक बाँडे

२०७६ असार  ५ गते १०:१३ २०७६ असार ५ गते १०:१३
कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र पाराग्वेले अंक बाँडे

५ असार, काठमाडौं । ब्राजिलमा जारी ४६ औं कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबरीमा सकिएको छ । बिहीबार बिहान भएको खेलमा दुवै टिमले एक–एक गोल गरेका हुन ।

पाराग्वेले पहिलो हाफको ३७ औं मिनेटमा रिचार्ड सान्चेजको गोल मद्दतले अग्रता लिएको थियो । ५७ औं मिनेटमा पेनाल्टीमार्फत अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल गरे ।

समूह ‘बी’मा रहेको पाराग्वे दुई अंकसहित दोस्रो र एक अंक जोडेको अर्जेन्टिना चौथो स्थानमा छ । दुवै टिमले दुई–दुई खेल खेलेका छन् ।

आजै भएको अर्को खेलमा कोलम्बियाले कतारलाई १–० गोल अन्तरले पराजित गर्‍यो । ६ अंकसहित कोलम्बिया शीर्ष स्थानमा र एक अंक जोडेको कतार तेस्रो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय