
लामो समयदेखि बक्स अफिसमा हिट चलचित्रको खोजीमा रहेका नायक साहिद कपुरलाई ‘कविर सिंह’ले नयाँ उचाँइमा पुर्याइदिएको छ । शुक्रबारदेखि भारतीय बक्स अफिसमा रिलिज भएको चलचित्रले बम्पर ओपनिङ मात्र गरेको छैन, दर्शकमा यो चलचित्रको क्रेज ह्वात्तै बढेको छ । जसकाकारण, चलचित्र लामो रेशको घोडा त बन्ने नै छ, नायक साहिद कपुरको स्टारडम फर्किएको विश्लेषण पनि गरिएको छ ।
चलचित्रले शुक्रबार २०.२१ करोडको ओपनिङ गरेको थियो । यो, नायक साहिद कपुरको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ हो । शनिबार पनि चलचित्रको व्यापारिक रफ्तार उस्तै छ । शनिबार चलचित्रले २२.७१ करोडको कमाई गरेको छ । दुइ दिनमै चलचित्रले ४२.९२ करोडको कमाई गरेको छ । चलचित्रले ७० करोड भन्दा बढीको विकेन्ड कमाई गर्ने विश्लेषण गरिएको छ ।
चलचित्रले पहिलो सातामै सय करोड माथिको कमाई गर्ने देखिएको छ । चलचित्रलाई समिक्षक र दर्शक दुबैले उत्कृष्ट भनेका छन् ।
प्रतिक्रिया 4