+
+
Shares

वीरगञ्जको सुन पसलमा प्रहरीको छापा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते १५:३१

९ असार, काठमाडौं । प्रहरीले पर्साको वीरगञ्जमा रहेको एक सुन पसलमा छाापा मारेको छ । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले छापा मारेको हो ।

पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले अनलाइनखबरसँग कुरागर्दै नगद गन्ने काम भइरहेको बताए ।

उनले भने, ‘हामीलाई ठूलै रकमको सूचना थियो । तर, अहिले ४० लाख ६ हजार मात्र भेटिएको छ ।’

प्रहरी अवैध रकम हुण्डी कारोबारको हुनसक्ने आशंकामा प्रहरीले सुन पसलमा छापा मार्दा रकमसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरु मध्ये २ जना भारतीय र ६ जना नेपाली छन् । अनुसन्धानको क्रममा रहेकोले उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?