+
+
Shares

प्रभु बैंकको आरुघाटमा शाखा कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते १८:१९

९ जेठ, काठमाडौं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगउँमा बैंकिङ पहुँच पुर्याउने क्रममा प्रभु बैंकले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा आजदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाबाट एक समारोहकाबीच बैंकको आरुघाट शाखा कार्यालयको उद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथी त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँ-गाउँमा पुगेर बैंकिङ सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै आरुघाट शाखा कार्यालयबाट क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आमसर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताउँदै बैंकिङ पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?