काठमाडौं । मिस सुप्रन्यासनल नेपाल र मिस्टर सिप्रन्यासनल नेपाल २०२६ का विजेता घोषणा गरिएको छ । आयोजित समारोहमा सनुर्वी इन्टरन्यासनलले आन्तरिक मूल्यांकनमार्फत विजेता छनोट गरेको हो ।
पूर्णिमा कार्की मिस सुप्रन्यासनल र मृदुल आचार्य मिस्टर सुप्रन्यासनलको तर्फबाट नेपाल विजेता बने । यी दुबैजनाले पोल्यान्डमा ३१ जुलाईमा आयोजना हुने सुप्रन्यासनलको अन्तर्राष्ट्रिय फिनालेमा सहभागिता जनाउने विज्ञप्तिमा उल्लेख छ ।
सन्तोष उपाध्याय, धीरजकाजी बस्नेत, मनोज महर्जन, सजिना खनाल, मोनिका अधिकारी र क्षितिज श्रेष्ठ निर्णायक रहेको मण्डलले विजेता तय गरेको हो ।
जर्जहरु रिचर्ड, डा. सन्तोष उपाध्याय, धिरज काजी बस्नेत, कलाकार मनोज महर्जन, सजिना खनाल, मोनिका अधिकारी र क्षितीज श्रेष्ठ क्षेत्रीको निर्णय अनुसार बिजेता घोषणा गरिएको हो । २४ वर्षिया विजेता कार्की कानून व्यवसायी र टिभी होस्ट हुन् ।
अर्का विजेता आचार्य ३० वर्षीय सिभिल इन्जिनियर हुन् । उनले निर्माण व्यवस्थापन र व्यवसाय प्रशासनमा स्नातकोत्तर उत्तिर्ण गरेका छन् ।


प्रतिक्रिया 4