
११ असार, काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहमा संलग्न भएको आरोपमा ठाकुरप्रसाद तिम्सिना ‘रसुवाली कवि’लाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले तिम्सिनासँगै रहेका पत्रकार संगीत स्रोतालाई पनि नियन्त्रणमा लिएको थियो । प्रर्दशनीमार्गमा अखिल क्रान्तिकारीको कार्यक्रम स्थलबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।
सोधपुछका क्रममा स्रोता नयाँ पत्रिका दैनिकका पत्रकार भएको खुलेपछि उनलाई छाडिएको बोगटी बताउँछन् ।
तिम्सिनासँग विप्लव समूहको विषयमा केही सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको उनले बताए । उनले भने, ‘के मुद्दा चलाउने अथावा नचलाउने भन्ने निर्णय भइसकेको छैन ।’
यसअघि उनलाई २ वैशाखमा सशस्त्र प्रहरी बल, हल्चोकको टोलीले पनि पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4