Comments Add Comment

एनसेलले शुरु गर्यो ‘एनसेल फर बिजनेश’,

१९ असार, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल फर बिजनेश’ सेवा शुभारम्भ गरेको छ । बुधबार सोल्टी होटलमा आयोजित एक विशेष समारोहबीच एनसेलले सेवा शुभारम्भ गरको हो ।

यो सेवाबाट ठूला र साना व्यवसायलाई टेवा पुग्ने विश्वास एनसेलले लिएको छ ।

‘यसले हाम्रा ईन्टरप्राइज ग्राहकहलाई उहाँहरुको लक्ष्य प्राप्ति अर्थात आफ्नो गोल गर्न सहगोग गर्दछ’, एनसेल प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गल सेवाबारे जानकारी दिँदै भने, ‘त्यसका लागि चहिने पूर्वाधार, उच्चस्तरको नेटवर्किङ, नयाँ प्रविधिमा पहुँच र प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न यो सेवाले सहयोग प्रदान गर्दछ ।’

एनसेल फर बिजनेश (एनफोरबी) विश्वस्तरीय सेवाहरु प्रदान गर्ने र उच्तस्तरको कनेक्टिभीटी र डिजिटाइजेसनको लाभ लिन अवसर प्रदान गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

उनले एनसेल ब्राण्डको सार ‘आज, भोलि, सधंै सँगै’ को बारेमा पनि पाहुनाहरुलाई जानकारी गराए । ‘हामी ठूला साना सबै व्यवसायहरुलाई उहाँहरुको क्षमताले भ्याएसम्म प्रगति गर्नका लागि सहयोग गर्छाैं । हाम्रो प्रविधि, वस्तु तथा सेवाहरु मार्फत व्यवसायहरुका लक्ष्य र महत्वकांक्षाहरु हासिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा इन्टरप्राइज ग्राहकहरुसँग साझेदारी गर्छाैं ।’

गेन एडभान्टेजमा ‘जि’ को अर्थ ग्रोथ हो । अर्थात एनसेलले आफ्नो यस सेवा मार्फत व्यवसायहरुलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पुर्वाधार प्रदान गर्दछ । त्यसै गरि ‘ए’ को अर्थ एजिलिटी हो जहाँ ग्राहकहरुले एनसेलको चुस्त र उच्चस्तरको नेटवर्कबाट लाभ लिन सक्छन् र ‘आई’ को अर्थ ईनोभेसन हो । यसअन्तर्गत इन्टरप्राइज ग्राहकहरुले एनसेलका पछिल्ला र नवीन सेवा तथा सुविधाहरु लिन सक्छन् र नेपाल बाहिर पनि आफ्ना सेवा विस्तार गर्न सक्छन् । त्यसैगरी ‘एन’ को अर्थ नर्भ अर्थात साहस वा बल हो जहाँ ग्राहकले अफ्ठ्यारो परिस्थितीहरुमा पनि कार्य गर्न सक्ने साहस प्रदान गर्दछ ।

आफ्नो उच्चगतिको फोरजी सेवा व्यापक रुपमा विस्तार गरेपछि एनसेलले अब आफ्ना इन्टरप्राइज ग्राहकहरुलाई फिक्स्ड कनेक्टिभीटी सेवा ल्याएको छ । यसअन्तर्गत इन्टरन्यासनल प्राईभेट लिज्ड सर्भिस (आईपिएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डिएलसी)/भर्चुअल प्राईभेट नेटवर्क (भिपिएन), ब्रोडव्याण्ड इन्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ्ग (एसडि वान) र ईथरनेट भर्चुअल प्राईभेट नेटवर्क (इभिपिएन) जस्ता सेवाहरु उपलब्ध छन् ।

आफ्नो म्यानेज्ड सर्भिसअन्तर्गत, कम्पनीले म्यानेज्ड वाईफाई, भिडियो कन्फे्रन्सिङ्ग र सर्वेलेन्स सेवा प्रदान गर्नेछ । त्यस्तै, आइओटी सेवाअन्तर्गत कम्पनीले भेहिकल ट्राकिङ्ग सिस्टम (भीटीएस) ल्याएको छ । यसले गाडीको कार्य प्रगतिमा सहयोग गर्नुका साथै सुरक्षा र सवारी साधनको व्यवस्थापनलाई सहज बनाउँछ ।

यस सेवाले सवारीचालहरुको सवारी चलाउदाको व्यवहार सुधार गर्न तथा कामलाई थप व्यावहारिक बनाउन र आफ्नो सवारी साधन माथि अझै राम्रो नियन्त्रण राख्न मद्दत पुर्याउनेछ ।

यसैगरी मोबिलिटी योजना अन्तर्गत एनसेलले व्यवसायहरुलाई आफ्नो नेटवर्क भित्र अनलिमिटेड कल र मेसेजिङ्ग, पर्याप्त मात्रामा डेटा र प्रिमियम नम्बरहरुको सेवा र अरु धेरै सेवाहरु प्रदान गर्नेछ । एनसेल डेटा सेन्टर सोलुसन्स अन्तर्गत नेपालमा रहेका व्यवसायहरुले एनसेलको विश्वसनिय र सुरक्षित डेटा सेन्टरमा आफ्नो सर्भर राखि इमेल तथा सुरक्षित होस्टिङ्ग सेवा लिन सक्नेछन् ।

ईन्टरप्राइज ग्राहकका लागि गुणस्तरीय सेवा सुनिश्चित गर्दै एनसेलले अहिलेसम्मकै ठूलो इन्टरनेट प्रोटोकल (आइपी)मा आवद्घ मल्टिपर्पोज लेबल स्वीचिङ (एमपिएलएस) नेटवर्क पनि बनाएको छ । त्यसकासाथै एनसेलले देशभरी ३५०० कि.मि. आफ्नै फाइबर सञ्जाल विस्तार गरिसकेको छ र कम्पनीका ३२०० भन्दा बढी टावरहरु रहेका छन् ।

एनसेलले ल्याएको नयाँ सेवाहरुले मुलतः भ्वाइस सेवामा मोबिलिटी, डेटा, एसएमएस, डेटा सेन्टर सोलुसन्स्, म्यानेज्ड सर्भिसका लागि फिक्स्ड कनेक्टिभिटी, सञ्चार सेवालाई सजिलो बनाउन इन्टरनेट अफ थिङ्स (आइओटी) र व्यवसायको उत्पादकत्व बढाउनमा केन्दि«त रहेको छ र यसले सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई साकार पार्न पनि मद्दत पुर्याउने छ ।

यससँगै व्यवसायहरुले एनसेलको विभिन्न सोलुसन्स् जस्तै एनसेल ग्लोबल कनेक्ट, एनसेल नेशनल कनेक्ट, एनसेल बिज फाइबर ब्रोडब्याण्ड, एनसेल फिल्ड फोर्स अटोमेसन, भेकल ट्रयाकिङ्ग सिस्टम र मोबिलिटी प्लान प्रयोग गर्न सक्नेछन् ।

साउथ इष्ट एसिया टिएमटी, सिटीगु्रप इन्भेष्टमेन्ट बैंकिङका निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले सेवा शुभारम्भ गर्दै यसको महत्त्वबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment