Comments Add Comment

चिलीको ह्याट्रिक सपना अधुरै, पेरु पुग्यो फाइनलमा

काठमाडौं । लगातार तेस्रो पटक कोपा अमेरिकाको उपाधि जित्ने चिलीको सपनामा पेरु बाधक बनेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा पेरुले चिलीलाई ३–० को पराकिलो अन्तरले हराएको छ । अब उसले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ, जो अर्जेन्टिनालाई हराएर फाइनल पुगेको छ ।

चिलीको घरेलु मैदानमा भएको खेलमा पेरुले २१ औं मिनेटमा इडिसन फ्लोरेसको गोलबाट अग्रता लिएको थियो । ३८ औं मिनेटमा योसिमार योतुनले गोल गर्दै पहिलो हाफमा पेरुलाई २–० को अग्रता दिलाए । उसका लागि अन्तिम गोल भने इन्जुरी टाइममा पाउलो गोरेगोले गरे ।

फाइनल खेल आइतबार रियो दि जिनेयियामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment