+
+

थुनुवा फरार प्रकरण : प्रहरीलाई कारबाही तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते ११:३६

२४ असार, काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएपछि चार जनालाई कारवाहीको तयारी थालिएको छ ।

रात्रि ड्युटीमा रहेका जवान, ड्युटी संयोजक हवल्दार, ड्युटी अफिसरलगायतलाई निलम्बन गरेर कारवाही गर्ने तयारी गरिएको हो ।

गएराति भैंसेपाटीस्थित प्रहरी कार्यालयको हिरासतको ग्रिल उप्काएर तीन जना थुनुवा फरार भएका थिए । लागु औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ फरार भएका हुन् । यो समाचार तयार पार्दासम्म उनीहरु फेला परेका छैनन् ।

प्रहरीको लापरवाहीमा उनीहरु फरार भएका हुन् वा थुनुवा र प्रहरीबीच मिलेमतो पनि थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको टोली भैंसेपाटी पुगेर स्थलगत निरीक्षण गरेको छ । ललितपुर प्रहरी परिसरले पनि एसपी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ ।

एसएसपी किरण बज्राचार्यले प्रारम्भिक निरीक्षणको नतिजा बुझाएपछि कस्तो खालको कारबाही गर्ने भन्ने निर्क्यौल हुने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले बताए । ‘क–कसको के–के भूमिका थियो भन्ने कुरा छानविनमा देखिन्छ त्यसअनुसार अगाडि बढ्छौं,’ ज्ञवालीले अनलाइनखबरसँग भने ।

ललितपुरको जावलाखेलस्थित प्रहरी कार्यालयमा स्थान अभाव भएको भन्दै भैंसेपाटीमा राखिएका थुनुवाहरु फरार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?