Comments Add Comment

यो हो लखपतिको अङ्गुर, १ झुप्पोको मूल्य १२ लाख

अङ्गुरको मूल्य कति पर्छ ? के एक झुप्पो अंगुरको मूल्य १२ लाख रुपैयाँ पर्दछ भन्दा पत्याउन सकिएला ?

नपत्याएर के गर्नु ? जापानमा मानिसहरुले १२ लाख रुपैयाँ बराबरको मूल्य तिरेर एउटा विशेष खाले अंगुरको सानो झुप्पा खरीद गर्दछन् ।

उक्त अंगुर रुबी रोमन जातको हो । त्यो अंगुरको गेडाको आकार ठूलो हुन्छ र एउटा गेडाको वजन करीब २० ग्राम हुन्छ । एउटा झुप्पोमा झण्डै २४ अंगुर हुन्छन् ।

अर्को खास विशेषता त के भने यो अंगूर हरियो वा कालो होइन पूर्ण रुपमा रातो रङको हुन्छ ।

यो अङ्गुरको मूल्य यति चर्को हुनाले पनि त्यसलाई धनीको फल भनेर पनि चिनिन्छ ।

जापानको इशिकावा प्रान्तको सरकारी निकायले यो जातको अंगूरको विकास गरेको थियो । यो अंगुर खानमा निकै स्वादिलो छ ।

जापानमा यो रातो अंगुर लग्जरी फलको श्रेणीमा पर्दछ । शुभ अवसरमा उपहार दिनको लागि यो अंगुरको खुबै प्रयोग हुन्छ ।

यो अंगुर सजिलैसँग नपाइने र विशेष खालको भएकाले पनि यसको मूल्य चर्को भएको हो ।

हालै उक्त अंगुरको एक झुप्पाको कनाजावा बजारमा लिलामी भयो । त्यसक्रममा एक होटल कम्पनीले एक झुप्पो अंगुर ११ हजार डलरमा खरीद गर्यो ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment