Comments Add Comment

विस्थापितलाई आवास दिने सहमति, तोडियो अनसन

३१ असार, बुटवल । कभर्ड हल निर्माण गर्दा विस्थापितहरुलाई आवास उपलब्ध गराउने सहमति भएको छ । यससागै ३४ दिन लामो अनसन तोडिएको छ ।

बुटवल उपमहानगरले कभर्ड हल निर्माण गर्ने भन्दै तत्कालीन श्री ३ बडामहारानीको जग्गामा बसेको वस्तीमा जोडर लगाएको थियो । त्यसविरुद्ध उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

विस्थापित १६ परिवारलाई एक वर्षभित्र जनता आवास कार्यक्रम अन्तर्गत एक-एक वटा घर वा त्यो नभए वडा नंं १ देखि १३ भित्र कम्तीमा ५ धुर जग्गा दिने लिखित सहमति भएको छ । तत्काल प्रतिपरिवार २५ हजार रुपैयाा राहत दिने, ३४ दिनदेखि जारी अनसन तोड्ने लगायतको सहमति पनि भएको छ ।

२०२८ सालदेखि बुटवल वडा नंं १ रजा ए मुस्तफा मस्जिद अगाडि बिटौरी जग्गामा बसेको वस्तीमा जेठ ३० गते उपमहानगरले डोजर लगाएको थियो । कांग्रेस, समाजवादी पार्टी लगायतले विस्थापितको आन्दोलनमा साथ दिएपछि उपमहानगरले वडा नम्बर १६ का अध्यक्ष रामप्रसाद रेग्मीको संयोजकत्वमा छानविन समिति बनाएको थियो ।

समितिले स्थानीय बासिन्दा, राजनीतिक दल लगायतसाग छलफल र अध्ययन गर्दा त्यहां बसेका १६ परिवार अन्यायमा परेका ठहर भएपछि उनीहरुलाई एक वर्षभित्र बसोबासको व्यवस्था मिलाउने प्रतिवद्धतासहित सहमति भएको हो ।

सहमतिपत्रमा रेग्मी र अनसनरत विस्थापित परिवारका तर्फबाट हरिबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । विश्वकर्माले एक वर्षभित्र आवास वा घडेरी नभए पुनः आन्दोलन गर्ने बताए ।

विस्थापितका पक्षमा सहजिकरण गर्दै आएका समाजवादी पार्टी नेपालका जिल्ला नेता स्थानीय अशोक वर्माले उपमहानगरका प्रमुख र वडा नंं १ का अध्यक्षको रवैयाले विस्थापित परिवारले गर्मी र वर्षायाममा महिना दिन सास्ती खेप्न वाध्य भएको बताए । उनले सहमतिअनुसार एक वर्षभित्र आवास र घडेरी उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment