Comments Add Comment

दीपकदेखि प्रदिपसम्मले किन भेटे संचारमन्त्री ?

केही चलचित्रकर्मीहरुले संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई भेटेर चलचित्र क्षेत्रको समस्या र भावी चलचित्र नीति निर्माणका लागि केही सुझाव दिएका छन् । संचारमन्त्रीसँगको भेटघाटमा निर्माता तथा कलाकार दीपकराज गिरी, निर्माता रविन्द्र सिंह बाँनिया, वितरक प्रचण्डमान श्रेष्ठ, लेखक सामिप्याराज तिमिल्सिना, निर्देशक प्रदिप भट्टराई, निर्देशक हेमराज वीसी, चलचित्र निर्माता श्रीधर पौडेल मन्त्रालय पुगेका थिए ।

संचारमन्त्रीसँगको भेटमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रको विभिन्न बिषयमा ध्यानाकर्षण गराएका थिए । विशेषगरि, ‘राष्ट्रिय चलचित्र नीतिको परिमार्जन’, बक्स अफिस प्रणाली, नेपाली चलचित्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार विस्तार तथा प्रवद्र्धन, सेन्सर बोर्ड, देशभित्रै चलचित्रको बिस्तार र प्रवद्र्धन, प्रप्स कम्पनीहरुको बिषयमा चलचित्रकर्मीहरुले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । यस्तै, सबै किसिमका सिन्डिकेटको अन्त्य गर्न पनि उनीहरुले मन्त्रीलाई आग्रह गरेका छन् । राष्ट्रिय चलचित्र पुरस्कार वितरणमा मापदण्ड बनाएर वितरण गर्न पनि चलचित्रमर्कीले मन्त्री बाँस्कोटाको ध्यानाकर्षण गराएका छन् ।

भेटमा मन्त्री बाँस्कोटाले आफू चलचित्र क्षेत्रको समस्या समाधानका लागि गम्भिर रहेको बताउँदै अर्को भेटमा तयारीका साथ आउन चलचित्रकर्मीलाई आग्रह गरे । साथमा, चाडै नै वृहत्त भेला गराउने बिषयमा समेत सहमती भएको बताइएको छ ।

चलचित्र क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समाधान गर्न सके यो क्षेत्रले ठूलो फड्को मार्ने भनाई चलचित्रकर्मीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment