Comments Add Comment

बालकमाथि यौन दुराचारको आरोपमा प्याराग्लाइडर पक्राउ

७ साउन, पोखरा । बालबालिकामाथि यौन दुराचार गरेको आरोपमा मंगलबार पोखरामा १ जना विदेशी नागरिक पक्राउ परेका छन् । अस्ट्रेलियाका ६३ वर्षीय थोमस अल्फ्रेड बेरिम्यान पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

कार्कीले प्रहरी केन्द्रीय अनुन्धान ब्युरो (सिआइबी) र कास्की प्रहरीले थोमस बस्दै आएको डिहिकोपाटनमा रहेको एक घरमा अनुसन्धान गर्न पुग्दा २ बालकसहित फेला परेको जानकारी दिए । कामदार भिसामा नेपाल आएका उनी प्याराग्लाइडर हुन् ।

बालबालिकामाथि यौन दुराचार गरेको सूचनाका आधारमा सीआईबी टोली थोमससम्म पुगेको कास्की प्रहरीले जनाएको छ । उनीसँग फेला परेका २ बालकको उमेर १४ वर्षभन्दा कम रहेको कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment