+
+
Shares

एकै घरका ३ बालबालिका तमोरमा वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १६:५१

८ साउन, विराटनगर । धनकुटा नगरपालिका-८ डाँडाटोलका ३ जना बालबालिका तमोर नदीले बगाएर बेपत्ता भएका छन ।

यही साउन ५ गते दिउँसो ३ बजे सोही ठाँउ बस्ने शंखबहादुर राईको परिवारसहित याक्चानाघाटमा रहेको आफ्नै खेतमा काम गरिरहेको बेलामा उनका ९ वर्षीय छोरा संदिप राई, ७ वर्षीया छोरी सलिना राई र ६ वर्षीया संजिला राईलाई तमोर नदीले बगाएको थियो ।

नदीले बगाएर बेपत्ता भएका उनीहरुको स्थानीयवासी र आफन्तले खोजी गर्दा फेला नपरेपछि बुधबार बिहान पौने ११ बजे जिल्ला प्रहरी कार्यालय धनकुटामा खबर गरेको थिए ।

घटनाको जानकारी पाए लगत्तै तत्काल उक्त कार्यालय र अन्य सुरक्षा निकायसँग समन्वय गरी बेपत्ता बालबालिकाहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?