+
फिफा विश्वकप २०२६ :

एम्बाप्पेको गोलमा फ्रान्सलाई अग्रता

२०८३ असार  ३ गते २:२४ २०८३ असार ३ गते २:२४

माइकल ओलिसेको पासमा एम्बाप्पेले फ्रान्सका लागि गोल गरेका हुन् ।

३ असार, काठमाडौं । कप्तान किलियन एम्बाप्पेको गोलमा फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगनविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ६६औं मिनेटमा गोल गर्दै फ्रान्सले पहिलो अग्रता लिएको हो ।

माइकल ओलिसेको पासमा एम्बाप्पेले गोल गरेका हुन् । योसँगै विश्वकपमा एम्बाप्पेको गोलको संख्या १३ पुगेको छ । यसअघि सन् २०१८ मा ४ र २०२२ को विश्वकपमा ८ गोल गरेका थिए ।

यस्तै एमबाप्पेले फ्रान्सका लािग सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका छन् । उनले ५७ गोल गर्दै ओलिभर जिरुडको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय