Comments Add Comment

हिरासतबाट भागे चोरी मुद्धाका आरोपी

८ साउन, वीरगञ्ज । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट एकजना थुनुवा भागेका छन् ।

चोरीको आरोपमा पक्राउ परेका भारत मोतिहारी जिल्ला लिपनी-४ का १९ वर्षीय फिरोज मियाँ भागेका हुन् । चोरी मुद्धामा उनलाई प्रहरीले साउन ३ गते पक्राउ गरेको थियो ।

बिहान खाना खान बाहिर निकालेको समयमा प्रहरी कार्यालयको पर्खाल नाघेर मियाँ भागेको बारा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले मेसमा खाना खान लगेको समयमा उनी पर्खाल नाघेर फरार भएको बताए । ‘चोरी मुद्धामा पक्राउ परेका थिए, बिहान खाना खुवाउन बाहिर निकालेको समयमा पर्खाल नाघेर भागेछ,’ उनले भने, ‘खोजतलास जारी छ ।’

उनी भारततिर नै भागेको आशंका गरिएको छ । प्रदेश २ का सभामुख सरोज यादव साउन ३ गते सिमरौनगढको हाट बजारमा गएको बेला मियाँले उनको पकेट मारेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment