+
+
Shares

समाजवादीको प्रदेश २ समिति : फोरमलाई ५१, नयाँ शक्तिलाई १९

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १९:२७

८ असार, जनकपुरधाम । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको अढाई महिनापछि प्रदेश २ मा पार्टी समायोजन भएका छन् ।
गत बैशाख २३ गते दुबै पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नामाकरण गरिएको थियो ।

बुधबार प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमकाबीच समायोजन घोषणा गरिएको छ । समायोजन गर्न पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा एक कार्यदल बनाइएको थियो ।

राउतले नै समायोजन भएर बनेका समाजवादी पार्टीको नयाँ कार्यसमितिको नाम घोषणा गरे । ७० सदस्यीय नयाँ कार्यसमितिमा ५१ जना फोरम र १९ जना नयाँ शक्तिका छन् । फोरमका ५१ जना एकीकरणको केहि दिनअघि सिरहाको लहानमा भएको प्रदेश अधिवेशनबाट चुनिएका थिए ।

पदाधिकारीमा नयाँ शक्तिलाई दुई वटा पद दिइएको छ । बाँकी १७ जनालाई सदस्यको पद दिइएको छ । नयाँ शक्तिबाट उपाध्यक्षमा सुशील यादव र सचिवमा राम कैलाश यादव छन् । अन्य पदाधिकारी सबै तत्कालिन फोरम नेपालकै छन् ।

विजय यादव अध्यक्ष रहेको प्रदेश समितिको उपाध्यक्षमा तीन जनालाई राखिएको छ । रामपृत पासवान, उर्मिला साह, सुशील यादव उपाध्यक्ष बनेका छन् भने मुख्य सचिवमा शम्भू झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्ऽ कुमार यादव र राम कैलाश यादव छन । कोषाध्यक्षमा सिरहाकी रेणु यादवलाई चयन गरिएको छ ।

११ पदाधिकारी सहितको ९९ सदस्यीय समितिमा २ उपाध्यक्षसहित २९ सदस्यको पद खाली राखिएको छ । प्रदेशका पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले बुधबार नै शपथ ग्रहण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?