Comments Add Comment

को हुन् तपाईं सच्चा साथी ?

जीवनमा एउटा व्यक्ति जन्मेपछि उसको जन्म संगैं अनेक सम्बन्धहरुको पनि जन्म हुन्छ । उ कसैको सन्तान, दाइ, भाइ, दिदी, बहिनी जस्ता धेरै सम्बन्धमा जोडिन्छ । उ हुर्कदै जाँदा अझ बढि सम्बन्धहरु पनि हुर्कन थाल्छ । जसमा साथीको सम्बन्ध अति नै महत्वपूर्ण हुन्छ । यो सम्बन्धको लागि कुनै उमेर, लिंग अथवा आर्थिक, सामाजिक पक्षहरु ध्यान दिनु पर्दैन । यो सम्बन्धको लागि मन मिले पुग्छ ।

उमेर ढल्कदै जाँदा पनि साथीको सम्बन्ध उस्तै रहन्छ । साथीहरु माझमा हामी आफ्नो उमेर पनि बिर्सन्छौं र रमाईलो गर्न तिर लाग्छौ अथवा भनौ ढल्केको उमेरलाई साथीभाइको साथले जवान झै महसुस गराउँछ ।

जीवनमा कोही विशेषको लागि आफ्नो सबै कुरा अर्पण गर्नु नै सच्चा साथी हुन्छ । सच्चा साथी भन्नाले दुई अथवा दुईभन्दा बढि व्यक्ति बीच हुने सम्बन्ध हो । जसमा निस्वार्थ भावना हुन्छ, कुनै माग बिना नै विश्वास र भरोसा रहन्छ ।

साथीलाई परेको समयमा सहायता, आवश्यक कुरा र गाह्रो समयमा साथ जस्ता कुराको लागि सधैं तयार रहने साथी नै सच्चा साथी मानिन्छ । माया, प्रेम, हेरचाह र भावनात्मक सहायताले कुनै पनि आवश्यकले कुनै पनि व्यक्तिलाई अगाडि बढ्न ठुलो भुमिका खेलेको हुने भएकोले साथी भन्ने सम्बन्ध सबैको जीवनमा महत्वपुर्ण हुन्छ ।

मित्रताले धनी, गरीव, धर्म,जात, लिंग, उमेर, वर्ग अथवा पद केही पनि ध्यान दिंदैन । केवल साथीको माया र साथ चाहान्छ । प्रायः जसो आफ्नो उमेर मिल्नेसंग साथीको सम्बन्ध गाँसिन्छ, तर साथी बन्नका लागि उमेर मिल्न आवश्यक भने हुँदैन ।

केहि व्यक्ति सफलतापुर्वक आफ्नो बाल्यकालको साथीसँग जीवनभर साथ हुन्छन् भने कतिको बीचमा नै मनमुटाव, समयको कमी अथवा अन्य केही कारणहरुले बीचमा नै सम्बन्धको अन्त्य हुन्छ । केहि व्यक्तिहरुका विद्यार्थी समयमा धेरै साथीहरु हुन्छन् तर समय बित्दै जाँदा ती साथीहरु सँगै नरहन पनि सक्छन् । त्यस्तै कतिको एक अथवा दुई जना मात्र साथी हुन्छन् र ती साथीहरु जीवनभरका लागि साथ रहन्छन् । बाहिरको कुनै व्यक्ति अथवा परिवार भित्रको सदस्य ( छिमेकी, आफन्त) पनि साथी हुन सक्छ ।

मित्रताको अर्थ

साथी अर्थात मित्र राम्रा-नराम्रा दुबै प्रकारका हुन्छन् । राम्रो साथीले सहि बाटो देखाउँछन् भने नराम्रो साथीले गलत बाटो हिँडाउँछन् । त्यसैले हामीले साथी बनाउँदा सावधानी अपनाउनु पर्छ । नराम्रो साथीका साथ हाम्रो लागि नकारात्मक पक्ष सावित हुन सक्छ । नराम्रो साथीका कारण हाम्रो जीवन पुर्ण रुपमा बरबाद हुन सक्छ ।

हामीलाई हाम्रो भावना -खुशी र दुःख ) बाँड्नका लागि पनि कुनै साथीको साथको आवश्यक पर्दछ । आफ्ना मनका हरेक कुरा शेयर गर्नका लागि कोहि विशेष हुनु पर्छ । आफ्नो एक्लोपना टाढा गर्न, कसैलाई दुःख कम गरेर हसाउँनका लागि पनि साथीको आवश्यकता पर्छ ।

जीवनमा आई पर्ने जस्तोसुकै कठिन कार्य साँचो र पक्का साथीको साथले पुरा गर्न प्रेरित हुन्छ । साथीको साथले जीवनमा आएका गार्हो समय पनि सजिलो र खुशी साथ कट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment