Comments Add Comment

यसरी फिल्ममा लगानी गर्दैछन् धुर्मुस–सुन्तली

कलाकार संघको भवन निर्माणको जिम्मा लिन तयार छौंः धुर्मुस

सामाजिक सेवामा समेत सक्रिय रहेका सिताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला चितवनमा ‘गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ बनाउन लागिपरेका छन् । यो बिचमा उनीहरुले चलचित्र निर्माणको पनि घोषणा गरे । चलचित्र निर्माणमा अगाडि सरेसँगै उनीहरुले लगानी कसरी गर्दैछन् भन्ने खालका प्रश्न पनि उठाइएको छ । कतिपयले रंगशाला बनाउने रकमले चलचित्र बनाउन लागेको भन्दै टिप्पणी पनि गरिरहेका छन् ।

तर, यो बिषयलाई चलचित्रको घोषणा कार्यक्रममा सितारामले स्पष्ट पारेका छन् । उनले भने–‘धुर्मुस–सुन्तलीको चलचित्रमा लगानी के कसो भन्ने खबर पनि आएका थिए । तर, यो चलचित्र अर्कै मानिसको लगानीमा बन्दैछ । हामीले विगत १ बर्षदेखि चलचित्र निर्माण गर्ने तयारी गरेका थियौ । यो चलचित्रमा सम्पूर्ण लगानी डिन्डु लामाको हुनेछ ।’

उनले अगाडि भने–‘हामीले भोलीका दिनमा चलचित्रले नाफा कमाएको खण्डमा २० प्रतिशत रकम सामाजिक सेवामा लगाउने निर्णय गरेका छौ । जसमध्ये १५ प्रतिशत रकम गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिनेछ ।’

सितारामले चलचित्र कलाकार संघको भवन निर्माणका लागि आफूहरु नेतृत्व लिन तयार भएको समेत बताए । उनले भने–‘कलाकार संघको कार्यसमितीले हामीलाई जिम्मा दिएको खण्डमा हामी नेतृत्व लिन तयार छौ । यदि, उहाँहरु आफै भवन निर्माणमा अगाडि बढ्नुभयो भने चलचित्रको नाफाको ५ प्रतिशत रकम भवन निर्माणमा सहयोग गर्नेछौं ।’

सितारामले चलचित्र निर्माण नाफाका लागि भन्दा पनि परोपकारी कामकै लागि गर्न लागेको समेत सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment