Comments Add Comment

कुञ्जमणीको स्वरमा ‘टिरिक मिलाम् कि’

गायक कुञ्जमणि थापाको स्वरमा रहेको नयाँ तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘टिरिक मिलाम् की’ बोलको गीतमा कुञ्जमणीसँगै बन्दना पाण्डे, इश्वरी घिमिरे, सुमित्रा मुखिया, रेखा बुढा खड्काको स्वर रहेको छ । गीतमा इश्वरी घिमिरे र सुमित्रा मुखियाको शब्द छ ।

गुल्मीमा जन्मिएका गायक कुञ्जमणि थापा संगीतिक क्षेत्रमा पूरानो नाम हो । बासुरी बाधकका रुपमा करिअर सुरु गरेका उनले २०६५ सालमा पहिलो गीत कम्पोज गरेका थिए । उनको स्वरमा अहिले आधा दर्जन बढि गीत तयार भइसकेका छन् ।

यो तीज गीत भने पूरानो लोक भाकालाई टिपेर तायर गरिएको उनी बताउँछन् । उनले भने, ’गाउँ तीर मैलिक लोक भाकालाई निकै रुचाइन्छ । त्यसैले पनि हामीले लोक भाकालाई टिपेर गीत तयार गरेका छौँ ।’ यस गीतबाट कुञ्जमणि निकै आशावदी छन् ।

यस गीतको भिडियोमा रिना थापा मगर, सुमन परियार र युनिक क्षेत्रीको अभिनय रहेको छ । उदिराम खड्काको निर्देशनमा बनेको भिडियोमा मिराज अर्यालको छायंकान तथा विवेक खड्काको सम्पादन रहेको छ । भिडियोको करियोग्राफी विन्दु खड्काले गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment