+

यू–१५ महिला साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल भारतसँग

२०७६ साउन  २४ गते १५:३३ २०७६ साउन २४ गते १५:३३
यू–१५ महिला साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल भारतसँग

२४ साउन, काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी भारतलाई पाएको छ ।

साउथ एसियन फुटबल महासंघ (साफ) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार साफ यू–१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा नै नेपाल र भारत आमनेसामने हुने भएको हो ।

भुटानको थिम्पुमा अक्टोबर ९ तारिखदेखि १५ तारिखसम्म हुने प्रतियोगितामा चार देशको सहभागिता रहनेछ । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग अक्टोबर ९ तारिखमा खेल्नेछ ।

त्यस्तै, नेपालले दोस्रो खेल बंगलादेशसँग ११ तारिखमा खेल्नेछ । आफ्नो अन्तिम खेल भने आयोजक भुटानसँग १३ तारिखमा खेल्नेछ । राउण्ड रोविनको आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल १५ अक्टोबरमा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय