+

लेष्टर सिटीले चेल्सीलाई रोक्यो

२०७६ भदौ  २ गते ७:०३ २०७६ भदौ २ गते ७:०३
लेष्टर सिटीले चेल्सीलाई रोक्यो

२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले चेल्सीलाई बराबरीमा रोकेको छ ।

आइतबार राति भएको खेलमा लेष्टरले चेल्सीलाई उसैको घरेलु मैदानमा १-१ गोलको बराबरीमा रोकेको हो । चेल्सीका लागि मासन माउन्टले गोल गरेका थिए । त्यस्तै, लेष्टरका लागि विल्प|mाड नदिदीले गोल गरे ।

खेलको सातौं मिनेटमा नै माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० गोलले पछि परेको लेष्टरले दोस्रो हाफमा गोल फर्काउन सफल भयो । खेलेको ६७औं मिनेटमा लेष्टरले नदिदीको गोलबाट १-१ गोलको बराबरीमा पुगेको थियो ।

बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा शेफ युनाइटेडले क्रिस्टल प्यालेसलाई १-० गोलअन्तरले पराजित गरेको छ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय