Comments Add Comment

करिब ५ करोडको कोकिनसहित विदेशी नागरिक पक्राउ

५ भदौ, काठमाडौं । प्रहरीले करिब ५ करोड नेपाली रुपैयाँ बराबरको कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नैमा आइभेरिकोष्टका नागरिक राहदानी नंं. १८एटी९५५१४ बाहक ३५ वर्षीय मार्केल गुली छन् ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा बुधबार दिउँसो पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले बताए । उनका अनुसार, कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका उनको साथमा एक किलो ६ सय ग्राम लागूऔषध कोकिन बरामद भएको थियो ।

‘विमानस्थलको भन्सार अगाडि फेला पारेर उनको साथमा भएको निलो रङको सुटकेश खानतलासी गर्दा फल्सबटम बनाएर लुकाइएको अवस्थामा कोकिन भेटिएको थियो’, प्रसाईंले भने ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा संलगन रहेको देखिएको प्रसाईंले बताए ।

उनीविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment