Comments Add Comment

हलमा नम्रताको ‘जाइरा’

नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ले आˆनो प्रदर्शन आरम्भ गरेको छ । आज शुक्रबारबाट रिलिज भएको यस चलचित्रले सोलो रिलिजको मौका पनि पाएको छ । यस मितिमा अन्य कुनै चलचित्र रिलिज भएका छैनन् ।

जाइरामा नायिका नम्रता श्रेष्ठ भिन्न अवतारमा प्रस्तु्त भएकी छिन् । अहिलेसम्म लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी नम्रता यस चलचित्रमा भने एक्सन अवतारमा देखिने छिन् । चलचित्रमा उनले बक्सर खेलाडीको भूमिका निर्वाह गरेकी छिन् ।

आशुतोष श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नम्रतासँगै अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ ।

नम्रता श्रेष्ठको लगानी रहेको चलचित्रमा प्रसन्न गोपाली कार्यकारी निर्माताको रुपमा रहेका छन् । आशुतोष र निरज महर्जनले लेखेको यस चलचित्रलाई बाबु श्रेष्ठलले खिचेका हुन् । चलचित्रलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment