१० असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चिकित्सकको उपाधि नै नपाई बिरामी जाँच गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरी बस्ने ४७ वर्षीया चेतन ए एम (पौडेल) छिन् । उनले नपाएको चिकित्सकको उपाधी प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र समेत प्राप्त नगरी बिरामीको उपचार गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले बताए ।
यसबारे छानबिन गरेर मेडिकल काउन्सिलले सीआईबीलाई पत्राचार गरेको थियो । त्यसपछि पक्राउ परेकी पौडेलविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4