Comments Add Comment

किन ध्वस्त हुँदैछ नेपाली फिल्मको व्यापार ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘जाइरा’ले समिक्षकको राम्रो समिक्षा त पाएन नै, व्यापारिक रुपमा पनि निकै खराबको काराबोर गर्यो । चलचित्रको वितरककै कुरा सुन्ने हो भने पनि, चलचित्रले शनिबार पनि राम्रो कमाई गरेन ।

नायिका नम्रता श्रेष्ठको मिहिनेतलाई दर्शकले साथ दिने अपेक्षा गरिएको थियो । तर, नम्रताको दौडधुप र मिहिनेतले यसपटक काम गरेन । नम्रता राम्रो अभिनय गर्ने नायिकाको रुपमा चिनिन्छिन् । तर, यसपटक उनी सबै कोणबाट असफल भएकी छिन् ।

केही दिन अगाडि मात्र, चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले दर्शक नआएर हल नै बन्द भएको भन्दै स्टाटस पोखे । चलचित्र वितरक सुनिल मानन्धर व्यापार हेरेर रुन मन लागेको बताइरहेका छन् । गतबर्ष, चलचित्रको खराब व्यापारकै कारण यो बर्ष चलचित्र निर्माणमा कमी आएको छ । चलचित्रको व्यापार खराब हुँदा मेकरहरु लगानी गर्न आत्तिएका छन् ।

साउन ३० गते रिलिज भएको चलचित्र ‘हजार जुनी सम्म’को व्यापार पनि खराब रहन पुग्यो । विकासराज आचार्य निर्देशित मल्टिस्टारर चलचित्रको व्यापारले नेपाली चलचित्रलाई चलायमान बनाउन सकेन । जेठ ३ मा चलेको चलचित्र ‘जात्रै जात्रा’पछि चलचित्रको व्यापार खराब छ । यो बिचमा रिलिज भएका अधिकांश चलचित्रले पानी भन्न पाएनन् । यस्तो अवस्थामा, दर्शक कसरी हलसम्म तान्ने भन्ने चुनौती बढेको छ ।

आधा बर्ष सकिने बेलासम्म पनि २ वटा चलचित्रले मात्र लगानी उठाउनुले अर्को बर्ष चलचित्र निर्माणमा अझै कमी आउने निश्चित छ । नेपाली चलचित्र नै स्तरिय बन्न छाडे या दर्शकले चलचित्रप्रति भरोसा गर्न छाडे भनेर मुल्यांकन गर्न आवश्यक भैसकेको छ ।

एक बर्षमा आधा दर्जन चलचित्रले मात्र लगानी उठाएको अवस्थामा खुशी मान्नुपर्ने अवस्था छैन । केही स्टार र केही सिक्वेल चलचित्रमाथि मात्र दर्शकको आँखा परेको पाइन्छ । यस्तो अवस्थामा अरु नाममा बनेका चलचित्रको व्यापार खराब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment