Comments Add Comment

वितरणमुखी योजना कार्यान्वयन गर्दैनौं : मुख्यमन्त्री शाही

१५ भदौ, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका छन् । खुद्रा व्यापार जस्तो विकास गरेर कर्णाली बनाउन नसकिने भन्दै उनले कर्णालीको समृद्धिका लागि ठूलो लगानी चाहिएको बताए ।

उमेर हदका कारण सेवा निवृत्त भएका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको आइतबार भएको विदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिको लागि वृहत गूरु योजनाको आवश्यक रहेकोले विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताको आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जीवनस्तरमा परिवर्तन गर्ने खालका ठूला योजना सरकारले लगानी केन्द्रीत गर्ने नीति लिएको स्पष्ट गरे ।

बजेट कार्यान्वयनको तयारीलाई तीव्र

यसैबीच बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले गृहकार्य सुरू गरेको छ ।  गएको साता संगठन संरचना तथा जनशक्ति व्यवस्थापनको कामलाई अन्तिम टुंगोमा पुर्‍याएको प्रदेश सरकारले नयाँ संरचना बमोजिमका कार्यालयहरु स्थापना गर्ने, सम्वन्धित कार्यालयहरुमा बजेट अख्तियारी पठाउने काम अगाडि बढाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतवार विहान विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुको वैठक वोलाएर नयाँ संरचना वमोजिमका कार्यालय स्थापना तथा बजेट कार्यान्वयनमा देखिएका समस्याको विषयमा जानकारी लिएका छन् ।

बैठकपछि मुख्यमन्त्री शाहीले कार्यालय स्थापना, बजेटको अख्तियारी तथा कार्यान्वयनमा देखिएका प्रक्रियागत समस्याहरु सामाधान गर्न निर्देशन दिएका छन् ।

विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई निर्देशन गर्दै मुख्यमन्त्री शाहीले भने-‘मन्त्रालय र अन्तरमन्त्रालयका बीचमा देखिएका कानूनी, प्राविधिक एवं प्रकृयागत समस्या सामाधान गरि तत्काल कार्यालय स्थापना र बजेट कार्यान्वयन अगाडि बढाउनुस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment