+

कीर्गिस्तानविरुद्ध नेपाललाई २-० को अग्रता

२०७६ भदौ  २२ गते १६:०४ २०७६ भदौ २२ गते १६:०४
कीर्गिस्तानविरुद्ध नेपाललाई २-० को  अग्रता

२२ भदौ, काठमाडौं । कीर्गिस्तानमा जारी नदेज्दा कप फुटबलमा नेपाली महिला फुटबल टिमले खेलको चौथो मिनेटमै अग्रता लिएको छ ।

नेपालले १५ ‍औं मिनेटमा अर्को गोल थपेको  छ ।  दुबै गोल सावित्रा भण्डारीले गरेकी हुन् ।

कीर्गिस्तानमाथि सुरुवातमै दबाब बनाएको नेपालले राम्रो खेलिरहेको छ । प्रतियोगितामा कीर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान सहभागी छन् ।

भदौ २० देखि २७ गतेसम्म हुने प्रतियोगितालाई नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको रुपमा लिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय