+
+

मोबाइलको प्रकाशले अनुहार कसरी रुखो बनाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते ११:२८

थाहा भएकै कुरा, हो मोबाइल, ल्यापटप, कम्प्युटर आदिबाट उत्सर्जन हुने प्रकाशको सोझो सम्पर्कमा हुन्छौं हामी । यस्ता उपकरणको प्रभाव खासगरी अनुहारमा हुन्छ । त्यसैले मोबाइल, ल्यापटप, ट्याबलेट जस्ता उपकरणले आँखाको दृष्टि कमजोर बनाइरहेको तथ्य बाहिर आउने गरेको छ । ठीक यसैगरी यी उपकरणहरुबाट निस्कने प्रकाशले अनुहारको छालालाई नराम्ररी असर गर्छ ।

जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजिस्टमा प्रकाशित एउटा रिपोर्टका अनुसार हाम्रो छाला सधैं सूर्यको हानिकारक किरणहरुको सम्पर्कमा आउँदैन, तर त्यसको ठीक विपरीत हाम्रो वरिपरी भएका विद्युत्तीय उपकरणहरुबाट निस्किएका ब्लू लाइट रेडिएसनको सम्पर्कमा नियमित रहन्छौं । लामो समयसम्म नीलो प्रकाशमा रहनाले छालाको रंगमै नकारात्मक प्रभाव पर्छ अर्थात छालाको रंगमा खराबी आउँछ, सूजन हुन थाल्छ र उमेरभन्दा अघि नै बुढ्यौलीका लक्षणहरु देखा पर्न थाल्छ ।

छाला रोग विशेषज्ञहरुका अनुसार लाइट स्पेक्ट्रममा अल्ट्रा भ्वाइलेट इन्फ्रारेड तथा भिजिबल किरणहरु हुन्छन् । नीलो प्रकाश ती भिजिबल किरणहरुकै अंश हो, जसको एलर्जी वेब लेन्थ सबैभन्दा बढी हुन्छ । उक्त प्रकाशले छालाको संवेदनशीलतालाई अझ बढाइ दिन्छ, जसले मेलेनिन सिन्थेसिस पनि बढ्छ । त्यसबाट छालाको रंगमै परिवर्तन आउन थाल्छ, जसलाई पेग्मेन्टसन भनिन्छ । त्यसको प्रभाव तुरुन्तै देखिँदैन, तर लामो समयसम्म यदि उक्त प्रकाशको सम्पर्कमा आइरह्यो भने छालामा त्यसको नकारात्मक प्रभाव पर्न थाल्छ ।

अनुहारको सौन्दर्यमा क्षति

सुन्दर हुनु अथवा देखिनु हरेक व्यक्तिको चाहना हो । सबैलाई आफू सुन्दर देखियोस् झैं लाग्छ । अझ युवती तथा महिलाहरु त यो प्रसंगमा पुरुषहरुभन्दा एक कदम अगाडि नै हुन्छन् । उनीहरु हरेक परिस्थितीहरुमा आफूलाई सुन्दर नै देखियोस् भन्न चाहन्छन् । त्यसका लागि उनीहरु धेरै प्रकारका प्रयोगहरु समेत गरिरहेका हुन्छन् । यद्यपि, यति धेरै ध्यान दिँदा-दिँदै पनि तपाईंको सुन्दरता बढ्नुको साटो उल्टो घटिरहेको अनुभव गर्न थाल्नु भएको छ ?

तपाईंलाई थाहा छैन होला, तपाईं जुन विद्युतीय उपकरणहरु अर्थात मोबाइल, ट्याब्लेट तथा ल्यापटपहरुको हरेक दिन अत्यधिक प्रयोग भैरहेको छ, त्यसबाट निस्कने प्रकाशले नै तपाईंको सुन्दरतालाई कम गराइरहेको छ ।

आजको अत्याधुनिक युगमा हरेक व्यक्ति त्यस्ता धेरै वटा वस्तुहरुको सम्पर्कमा आउन बाध्य भएका छन्, जसबाट नीलो रंगको प्रकाश निस्कन्छ, जस्तो एलईडी, सीएफएल, ट्याबलेट, टेलिभिजन तथा कम्प्युटर ।

यसबारेमा वरिष्ठ छाला रोग विशेषज्ञहरुको भनाइ छ, ‘आजको व्यस्त जीवनशैलीमा मानिसहरु विद्युत्तीय उपकरणहरुबिना बाँच्नै नसक्ने स्थिति छ, जसको हानी उनीहरु स्वयंले नै व्यहोर्नु परिरहेको छ । राति ढिलासम्म बत्ती निभाएर मोबाइलको प्रकाशमा हामी केही न केही पढिरहेकै हुन्छौं, जसका कारण ती उपकरणबाट निस्कने प्रकाशले हाम्रो आँखामात्र होइन निन्द्रालाई समेत बिगारिरहेको हुन्छ भने त्यतिबेलै हाम्रो शरीरमा हुने मेलाटोनिन हार्मोनसमेत असन्तुलन भैरहेको हुन्छ ।

चिकित्सकहरुका अनुसार विद्युतीय उपकरणहरुबाट निस्कने प्रकाश सूर्यबाट निस्कने किरणहरु भन्दा हानिकारक हुन्छ । विद्युतीय उपकरणबाट निस्कने प्रकाशले छालामा चाउरीपना तथा हाइपर टेन्टनको समस्या निम्त्याउँछ ।

कसरी रहने सुरक्षित ?

-मोबाइलको ब्राइटनेस कम गर्ने ।

-बत्ती बालेर मात्रै मोबाइल अथवा ल्यापटपमा काम गर्ने ।

-फोन  सेटिङमै नीलो प्रकाशलाई घटाउने ।

-घिउकुमारी (एलोवेरा) तथा मुल्तानी माटो छालामा लगाउने ।

-सुत्नुभन्दा करिब दुई घण्टा पहिला नै ती सबै विद्युत्तीय उपकरणबाट टाढा रहने ।

-पटक-पटक मोबाइल अथवा अन्य उपकरण चलाइरहने (चेक गरिरहने) बानी परिवर्तन गर्ने ।

-सुत्ने बेला आफ्नो मोबाइललाई ओछ्यानभन्दा टाढा राख्ने ।

-टेलिभिजन अथवा ल्यापटपमा कुनै फिल्म हेर्ने इच्छा भयो भने त्यसलाई बिर्सनका लागि केही समय पुस्तक अध्ययन गर्ने ।

-टेलिभिजन तथा ल्यापटपलाई आफ्नो बेडरुमभन्दा बाहिरै राख्ने ।

-कोठामा सुत्ने बेलामा रातो रंगको प्रकाश भएको बत्तीको प्रयोग गर्ने ।

-नीलो रंगको प्रकाशबाट बचाउने एप्स मोबाइलमा इन्स्टल गर्ने ।

यदि तपाईं लामो समयसम्म ल्यापटपमा काम गर्नु हुन्छ भने अधिकतम २० मिनेटपछि ल्यापटपबाट केही समयका लागि ध्यान हटाउने र करिब २० फिटको दुरीमा रहेको कुनै चिजलाई करिब २० सेकेण्डसम्म हेरिरहने र पुनः ल्यापटपमा आफ्नो काम सुरु गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?