+
+

शिक्षक किताबखानाका शाखा अधिकृत र नायव सुब्बाविरुद्ध मुद्धा दायर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १८:३९

३१ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय शिक्षक किताबखाना काठमाडौंका शाखा अधिकृत अर्जुनप्रसाद पराजुली र नायव सुब्बा राजेन्द्रकुमार के.सी. विरुद्ध विशेष अदालतमा मंगलबार मुद्धा दायर गरेको छ ।

अस्थायी शिक्षकले अवकाशपछि गोल्डेन हेण्डसेक बापत पाउने रकमको सिफारिस गरे वापत सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएकाले पराजुली र केसीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले पराजुली र के.सी.लाई अवकाश पश्चात पाउने सेवासुविधाको रकम भुक्तानीको सिफारिसपत्र तयार गरेवापत घुस मागेको सूचनाको आधारमा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?