+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

बाबुराम भट्टराईले भने –नेपाल अफगानिस्तान बन्ने खतरा पनि छ !

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १६:२५

२ असोज, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भूराजनीतिक अत्यन्तै संवेदनशील रहेको भन्दै सही नीति लिन नसके अफगानिस्तानजस्तो द्वन्द्वमा फस्न सक्ने खतरा औंल्याएका छन् । सिंगापुर र अफगानिस्तानको उदाहरण दिँदै उनले सही नीति लिन सके सिंगापुर बन्ने र नसके अफगानिस्तान बन्ने खतरा भएको बताए ।

प्रतिनिधिसभाको बैठकमा संबोधन गर्दै उनले अमेरिकको इन्डो प्यासिफिक नीति, चीनको बेल्ट एन्ड रोड इनिसियटिभ र भारतको हिमालयन फ्रन्टियर नीतिको टकराव नेपालमा हुन लागेकाले सचेत हुन सरकारलाई आग्रह गरे ।

‘प्रमुख तीन शक्ति र क्षेत्रीय शक्तिको चासो बढ्दै जाँदैछ । त्यसलाई ठीक ढंगले सम्हालेर जानुपथ्र्यो त्यसमा चुक्दैछौं भन्ने डर लागेको छ’ भट्टराईले भने ‘अमेरिकको इन्डो प्यासिफिक, चीनको बीआरआई र भारतको हिमालयन फ्रन्टियर पोलिसी, यी तीनथरी नीतिको टकराव हुँदैछ । त्यसलाएई ठीक ढंगले बुझेर बेलैमा व्यवस्थापन गर्र्न सक्दाखेरि यो देश सिंगापुर बन्न सक्छ ।’

सिंगापुरले सामरिक महत्वको लाभ लिएर एक पुस्तामा तेस्रो विश्वबाट पहिलो विश्वमा फड्को मारेको भन्दै उनले त्यसको लाभ लिन नसके अफगानिस्तानजस्तो द्वन्द्वमा पर्न सक्ने खतरा औंल्याए । ‘अफगानिस्तानको पनि सामरिक लोकसेन राम्रो हो । उता रुसी साम्राज्य, चिनिया साम्राज्य, पश्चिमी साम्राज्य र दक्षिणमा अंग्रेज साम्राज्य थियो । ठीकसँग ब्यालेन्स गर्न नसक्दा दशकौंदेखि द्वन्द्वको द्वन्द्वमै छ ।’

यो विषयमा देशभित्र र संसदमा हुनुपर्ने जति बहस नभएको भट्टराईले बताए । ‘तीन ठूला शक्तिको ध्यान यहाँ केन्द्रित हुँदैछ । स्वार्थ टकराउँदैछ । त्यसलाई ब्यालेन्स गरेर नीति बनाउन सक्यौं । हामी तेस्रोबाट पहिलो विश्वमा पुग्न सक्छौं । सकेनौं भने मलाई भन्न डर लाग्छ’ उनले भने ।

नेपालले गतिशील शान्तिवाद र तटस्थतावादको नीति लिनुपर्ने भट्टराईले बताए । ‘गतिशील प्रकारको शान्तिवाद र तटस्थतावाद नीति लिएर मुख्य शक्तिहरुसँग, सबैसँग अलग अलग व्यवहार गर्ने एउटाका विरुद्ध अर्कोलाई प्रयोग गर्नुहुदैन । त्यो जमना छैन । वैचारिक आधारमा कुन नजिक कुन टाढा भन्ने पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?