+

पौडी टोली भारत प्रस्थान

२०७६ असोज  ५ गते १५:४४ २०७६ असोज ५ गते १५:४४
पौडी टोली भारत प्रस्थान

५ असोज, काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी खेलाडीले १० औं एसियाली उमेर समूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

भारतको बेंग्लोरुमा सेप्टेम्बर २४ देखि अक्टोबर २ तारिखसम्म प्रतियोगिता हुने छ । नेपाली टिम आजै (आइतबार) बेग्लोरु प्रस्थान गरेको हो ।

खेलाडीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, गौरव लामा, सागर नायक, तेन्जिङ गुरुङ, नासिर हुसैन, उर्गेन महर्जन, जेविस पौडेल, शुभम श्रेष्ठ, वेदज्ञराज जोशी, एर्भिन श्रेष्ठ, आदर्श कार्की, मोहित शाक्य, सोफिया शाह र टीसा शाक्य छन् । त्यस्तै, अदिप्शा वैद्य, अनुष्का पोखरेल, युस्का महर्जन, अनुसिया तण्डुकार, श्रेवी महर्जन, उपास्ती महर्जन, दिया स्थापित, आज्मी शेरचन, डुवाना लामा, शिक्षा श्रेष्ठ, लुमना शाक्य र समिरा शोभा थापा छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय