+

शीर्ष स्थानमा उक्लियो रियल

२०७६ असोज  ९ गते ११:१३ २०७६ असोज ९ गते ११:१३
शीर्ष स्थानमा उक्लियो रियल

काठमाडौं । रियल मड्रिडले ला लिगामा अपराजित यात्रा कायमै राखेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई २–० गोल अन्तरले हराएको हो । मड्रिड डर्बीको तीन दिनअघि भएको खेलमा प्रशिक्षक जिनेदान जिदानले ग्यारेथ बेल सहितका खेलाडीहरुलाई आराम दिएका थिए ।

खेलमा रियलले ३६ औं मिनेटमा भिनिकियस जुनियरको गोलबाट अग्रता लियो । उनको यो सिजनको पहिलो गोल समेत हो । खेलको ७२ औं मिनेटमा सिल्भा डि गोजले गोल गरेपछि रियल मड्रिडको जित सुनिश्चित भयो ।

लिगमा चार जित र दुई बराबरी खेलेको रियल १४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट १३ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय