Comments Add Comment

कांग्रेसले २६ गते देशैभर चियापान गर्ने

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गर्ने भएको छ ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले वीपी कोइरालाले सुरु गरेको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको बताए ।

२६ गते केन्द्रीय कार्यालय सानेपासहित उपत्यका बाहिरका ७४ वटै जिल्लामा चियापान कार्यक्रम आयोजना गरिने उनको भनाइ छ ।

दशैं, तिहार तथा नेपाल सम्वतको अवसरमा सद्भाव आदानप्रदानका लागि कार्यक्रम राखिएको प्रवक्ता शर्माले जानकारी दिए ।

साथै, कांग्रेसले नजिकिएका सबै पर्वको शुभकामना दिएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment