+

उत्तरी आयरल्याण्डलाई युरोकप छनोटमा नेदरल्याण्डको धक्का

२०७६ असोज  २४ गते १२:४६ २०७६ असोज २४ गते १२:४६
उत्तरी आयरल्याण्डलाई युरोकप छनोटमा नेदरल्याण्डको धक्का

२४ असोज, काठमाडौं । उत्तरी आयरल्याण्डको युरोकप २०२० का लगि छनोट यात्रामा नेदरल्याण्डले धक्का दिएको छ ।

एक गोलले अग्रता लिइसकेको आयरल्याण्डलाई रोक्दै नेदरल्याण्ड्सले ३–१ को जित निकालेको छ ।

नेदरल्याण्ड्सको घरेलु मैदानमा भएको खेलमा आयरल्याण्डले ७५ औं मिनेटमा जोस म्यागनिसको गोलबाट अग्रता लिएको थियो । तर पाँच मिनेटपछि नै मेम्फिस डिपेयले बराबरी गोल फर्काए । बाँकी दुई गोल भने इन्जुरी टाइममा भयो ।

इन्जुरी टाइमको पहिलो मिनेटमा लुक डिजोङले गोल गरे भने चौथो मिनेटमा डिपेयले । जितसँगै नेदरल्याण्ड ५ खेलबाट १२ अंकका साथ समूह सीको शीर्ष स्थानमा उक्लिएको छ ।

समान अंक जोडेको जर्मनी गोल अन्तरका आधारमा दोस्रो र उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय