Comments Add Comment

४० वर्षपछिको मोटोपन क्यान्सरको जोखिम

उमेरले ४० वर्ष नाघेपछि एकाएक शरीर मोटो हुन थाल्नु स्वास्थ्यको लागि हानिकारक रहेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय एक विश्वविद्यालयले गरेको अध्ययनले ४० वर्ष कटेपछि अस्वाभाविक रुपमा मोटोपन बढेमा क्यान्सरको समेत जोखिम हुने खुलासा गरेको हो । ४० वर्षभन्दा माथिको उमेरलाई बयस्क मानेर गरिएको सो अध्ययनमा बयस्कको उमेरमा आवश्यकताभन्दा २५ देखि ३० किलोसम्म मोटो हुँदा क्यान्सरको सम्भावना हुने प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका अनुसार ४० वर्षको उमेरदेखि मोटाउँदै जाने मानिसमा अन्तर्गभासयमा हुने क्यान्सर (इन्डोमेट्रियल क्यान्सर) हुने सम्भावना ७० प्रतिशत हुन्छ । पुरुषहरुमा मिर्गौलाका कोशिकाहरुमा क्यान्सर हुने सम्भावना ५८ प्रतिशत हुन्छ भने पेटमा क्यान्सर हुने सम्भावना २९ प्रतिशत हुन्छ । धेरै मोटा मानिसहरुमा सामान्य रुपमा हुने क्यान्सरको सम्भावना पनि १५ प्रतिशतसम्म बढी हुने गर्छ ।

भर्जन विश्वविद्यालयको डिपार्टमेन्ट अफ पब्लिक हेल्थ एण्ड प्राइमरी केयरले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । यस अध्ययनमा शोधकर्ताहरुले दुई वा त्योभन्दा धेरै किसिमका मोटा मानिसहरु र सोही संख्यामा सामान्य शरीर भएका मानिसहरुलाई समेत तीन वर्षसम्म अलग-अलग ठाउँमा राखेर अध्ययन गरेका थिए । उनीहरुको दैनिकी र खानपिनमा बराबर रेखदेख गरिएको थियो । अध्ययनको निष्कर्षमा धेरै मोटा मानिसहरुको वयस्क उमेरमा रजनोवृत्तिपछि स्तन क्यान्सर, अन्तर्गभाशयमा क्यान्सर, मिर्गौलाका कोशिकाहरुमा क्यान्सर एवं पेटमा समेत क्यान्सर लागेको पाइयो ।

यो अध्ययनमा नर्वे, स्वीडेन र अष्ट्रियाका व्यक्तिहरु सहभागी थिए । मी-क्यान नामक सो अध्ययनमा २ लाख २० हजार बयस्कहरुबाट प्राप्त तथ्यांकको विश्लेषण गरिएको थियो । उचाइ र तौलसहित स्वास्थ्य जाँचका जानकारीहरु नेशनल क्यान्सर रजिष्ट्रिको तथ्यांकसँग सम्बन्धित थियो । जाँचको समयमा २७ हजार ८ सय ८१ वयस्कहरुमा क्यान्सरको समस्या देखिएको थियो । जसमा ३५ प्रतिशत अर्थात् ९ हजार ७ सय ६१ जना मोटोपनका शिकार थिए ।

मोटोपनबाट ग्रस्त सहभागीहरुमा सामान्य बीएमआई भएका -३० भन्दा धेरै बीएमआई) सहभागीको तुलनामा मोटोपन धेरै भएकाहरुमा धेरै क्यान्सर विकसित भएको देखिएको छ । सो प्रतिवेदनमा लेखिएको छ, ‘क्यान्सरको जोखिम पुरुषहरुमा ६४ प्रतिशत र महिलाहरुमा ४८ प्रतिशत पाइएको छ ।’

३० वर्ष पुगेपछि के गर्ने ?

उमेरसँगै हामीहरुले आफ्नो चालचलन र व्यवहारलाई पनि परिवर्तन गर्दै जानुपर्छ । उमेर र शक्ति हुँदासम्म बलिया मानिसहरु बुढ्यौलीले छोएसँगै बिस्तारै शिथिल र कमजोर बन्दै जान्छन् । बुढेसकालसम्म नियमित स्वस्थ र क्रियाशील रहन ३० वर्षको उमेरदेखि नै निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

नियमित स्वास्थ्य अभ्यास

नियमित स्वास्थ्य अभ्यास त ३० वर्षको उमेर नपुग्दै पनि आवश्यक छ । ३० वर्षपछि झनै नियमित स्वास्थ्य परीक्षण र अभ्यास अत्यावश्यक हुन्छ । बिहान उठेर दौडिने र अन्य शारीरिक अभ्यास गर्ने, सम्भव भए साँझको समयमा पनि योगा आदि अनिवार्य गर्नुपर्छ ।

आफ्नो वित्तीय खातालाई मजबुत बनाउनुहोस्

जब हामी ३० वर्ष लाग्छौं । त्यसपछि हामी आफ्नो वित्तीय खातालाई मजबुत बनाउने तर्फ केन्दि्रत हुनुपर्छ । यो उमेरपछि पैसा खर्च गर्दा पनि समझदारीसँग खर्च गर्ने, भविष्यको बारेमा सोच्ने, उचित योजना बनाउने, आफ्नो खर्च र खाताको प्रवन्धन गर्ने जस्तो काममा सक्रिय हुनुपर्छ ।

धेरै उत्पादक बन्नुहोस्

३० वर्ष पछिको उमेरमा हामीले हरेक कामको नतिजा निस्कनेगरी सक्रिय हुनुपर्छ । आवश्यक ठाउँमा मात्रै समय खर्च गर्नुपर्छ । त्यसको लागि हामी धेरै सिर्जनशील र उत्पादक बन्नुपर्छ ।

मानिस अनुसारको व्यवहार

यो समयमा हामीले अरुप्रति गुनासो गर्न बन्द गर्नुपर्छ । अरुलाई माफी दिन सिक्दै जानुपर्छ । कोही कसैसँग धेरै अपेक्षा नराख्ने, आफ्नो मानसिक शान्ति भंग गर्ने काम नगर्ने गर्नुपर्छ । तपाईं कुनैपनि कुरा चाहनुहुन्छ भने त्यसलाई आफैं मजबुत बनाउने कोसिस गर्नुपर्दछ ।

देखासिकी बन्द गर्नुपर्छ

३० वर्षको उमेरपछि हामी अरुसँग परिपक्व व्यवहार गर्नुपर्छ । परिपक्व व्यवहार मात्रै होइन । परिपक्वता पनि प्राप्त गर्नुपर्छ । त्यसको लागि इष्या, अनुत्पादक प्रतियोगिता आदिको भावनाबाट बचिराख्नुपर्छ । मानिसहरु सामाजिक सञ्जालमा धेरै समय बिताइरहेका हुन्छन् । त्यसले मानिसमा तनाव पैदा गर्छ । त्यसैले यो उमेरमा तनावमुक्त काममा धेरै ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment