Comments Add Comment

तस्वीरमा नेकपाको चियापान

२९ असोज, काठमाडौं । दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसर पारेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार चियापन कार्यक्रम गर्‍यो । भृकुटीमण्डपमा भेला भएका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे ।

दुबैले राष्ट्रिय राजनीतिबारे थोरै चर्चा गरे र सबैलाई शुभकामना दिए । कार्यक्रममासचिवालय तथा स्थायी कमिटी सदस्यहरु पनि उपस्थित थिए ।

नेकपाको चियापानमा निम्तालुहरुका लागि समोसा, निम्की, केरा र लड्डू दिइएको छ ।

उनीहरु शुभकामना साटासाट गर्नुका साथै दुई अध्यक्षको तस्वीरलाई पृष्ठभूमिमा पारेर राखिएको हसिया हथौडा तथा पुष्पलाल र मदन भण्डारीको तस्वीर नजिक उभिएर फोटो खिचाउन व्यस्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment