Comments Add Comment

नेपालबाट कलकत्ता सुन तस्करी, दुई समातिए

१६ कात्तिक, विराटनगर । विभिन्न देशबाट नेपालमा सुन तस्करी हुँदै आइरहेको छ । यो कुनै नयाँ विषय रहेन । तर, यसको ठीकविपरीत नेपालबाटै भारतको कोलकत्तालगायतका स्थानसम्म सुन तस्करी हुने गरेको पाइएको छ ।

प्रहरीले विराटनगरबाट भारतको कोलकतातर्फ सुन लैजाँदै गरेका दुई भारतीय कालीगढ पक्राउ गरेसँगै नेपालबाट त्यसतर्फ सुन तस्करी भइरहेको तथ्य सतहमा आएको हो ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दुधली जिल्ला कमुदुवा ग्रामपञ्चायत बस्ने ३९ वर्षीय स्वर्पकुमार वाग र सोही स्थानका शेष सडानलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट सिक्का र टुक्रा गरी ६६ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यायल, मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

विराटनगरबाट सुन लिएर जाँदै गरेको सूचना पाएपछि दुईजनालाई नियन्त्रणमा लिएको डीएसपी  श्रेष्ठले बताए । पक्राउ परेकाहरुलाई बिहीबार भन्सार कार्यालय, विराटनगरमा बुझाइएको छ । प्रहरीले सुन पठाउने पसल सञ्चालमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउ परेकाहरुले गहना बनाउनका लागि सुन लिएर कोलकताका लागि हिँडेको बयान दिएका छन् । विराटनगरका केही व्यापारीहरू सुनका गहना बनाउनका लागि कोलकत्तासम्म पुग्ने गरेका छन् । नयाँ डिजाइनका गहना निर्माण गर्न भन्दै भारततर्फ सुन तस्करी हुने गरेको प्रहरी स्रोत बताउँछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment