+

सागमा नेपालका ६४८ खेलाडी

२०७६ कात्तिक  २२ गते १६:४७ २०७६ कात्तिक २२ गते १६:४७
सागमा नेपालका ६४८ खेलाडी

२२ कात्तिक, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सबैभन्दा बढी खेलाडी नेपालबाटै सहभागी हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालबाट ६४८ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा जनाउने भएको छ । त्यस्तै श्रीलंकाका ६२२ खेलाडीले भाग लिनेछन् ।

बंगलादेशले ५९१ खेलाडी नेपाली भूमिमा उतार्दा सागको लागि भारतले भने ४६१ खेलाडी मात्रै सहभागिता गराएको छ । यस्तै पाकिस्तानले ४१३, माल्दिभ्सले ३३२ र भुटानले १४२ खेलाडीलाई नेपालमा मंसिर १५ देखि २४ गतेसम्म हुने १३औं साग खेलकुदमा सहभागिता गराउँदै छन् ।

 

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय