Comments Add Comment

जनकपुरमा शुरु भयो साहित्य महोत्सव

२२ कात्तिक, जनकपुरधाम । नेपाल साहित्य महोत्सवको जनकपुरधाम संस्करण शुक्रबार सुरु भएको भएको छ ।

तीन दिने महोत्सवको पूर्वराष्ट्रपति डा. रामवरण यादवले जानकी मन्दिरको विवाहमण्डप प्राङ्गणमा वृक्षारोपण गर्दै उद्घाटन गरेका छन् ।

महोत्सवको पहिलो दिन दुई वटा सत्र आयोजना गरिएको छ । पहिलो सत्रमा सिमाञ्चल साहित्यमाथि राजनीतिज्ञ एवं साहित्यकार हरि शर्माले चर्चा गरेका छन् । दोस्रो सत्रमा सांगितिक कार्यक्रमको आयोजना गरिएको छ ।

साहित्य, कला र पुस्तक व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साहित्य महोत्सव आयोजना गरिएको बुकवर्म फाउण्डेशनले जनाएको छ । आइतबारसम्म चल्ने महोत्सवका सत्रहरु जनकपुरधामको ६ वटा पर्यटकीय एवं ऐतिहासिक स्थानमा हुनेछन् ।

जानकी मन्दिर, मन्दिर परिसरसँगै रहेको विवाहमण्डपमा शनिबार चुरेको चिन्ता, मधेशको हिमाल, देश, प्रदेश वा परदेश र मधेशको भोजन गरी चार वटा सत्र हुनेछ ।

चुरेको चिन्ता बिषयक बहसमा पूर्व राष्ट्रपति यादव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बक्ता हुनेछन् । मधेशको हिमाल सत्रका प्रमुख बक्तामा कनकमणि दीक्षित, विराजभक्त श्रेष्ठ र डा. रामदयाल राकेश तथा देश प्रदेश सत्रको प्रमुख वक्ता प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment