+
+

निदान अस्पतालका सीईओसहित ५ जना नख्खु कारागारमा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १३:३६

२७ कात्तिक, काठमाडौं । ललितपुरको निदान अस्पतालमा अनाधिकृत रुपमा मिर्गौला प्रत्यारोपण गराइएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जना थुनामा पठाइएका छन् ।

जिल्ला अदालत, ललितपुरले मंगलबार अस्पतालका कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधानसहित ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि उनीहरुलाई नख्खु कारागार चलान गरिएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) ले एक महिना लामो अनुसन्धानपछि पक्राउ गरी २९ असोजमा प्रधानसहित लिगल अफिसर कुमुदकुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय, ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला प्रत्यारोपण गरिएका रामेछापका शंकारलाल लामालाई सार्वजनिक गरेको थियो ।

प्रकरणमा संलग्न ४ जना भने अझै फरार छन् । शंकरका छोरा शिशिर (जसले मिर्गौला किनबेचका लागि सबै काम गरेको मानिएको छ) सँगै सक्कली भाञ्जा सञ्जिव घिसिङ र उनकी फुपुलाई पनि फरार प्रतिवादी कायम गरिएको थियो ।

सक्कली भाञ्जा घिसिङको कागजपत्र देखाएर ३ लाख रुपैयाँ प्रलोभनमा अर्कै व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको अभियोग छ । पक्राउ परेका लामाबाहेकका ४ जना प्रत्यारोपणका लागि सिफारिस समितिमा आबद्ध अधिकारीहरु हुन् ।

घटनाका मुख्य विचौलिया हालसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरु सबैमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि ५ लाख रुपयाँसम्म जरिवाना माग दाबीसहित अभियोग दर्ता छ ।

यो पनि पढ्नुस् 

पूर्वगाविस अध्यक्षलाई ‘नक्कली भाञ्जा’को मिर्गौला प्रत्यारोपण !

अवैध मिर्गौला प्रत्यारोपण प्रकरण : निदानका चिकित्सकसँग ‘अस्वाभाविक’ संवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?