+

माउरिन्होको प्रशिक्षणमा टोटनहृयामको पहिलो जित

२०७६ मंसिर  ७ गते २०:२३ २०७६ मंसिर ७ गते २०:२३
माउरिन्होको प्रशिक्षणमा टोटनहृयामको पहिलो जित

काठमाडौं । जोजे माउरिन्होको प्रशिक्षणमा टोटनहृयामले सुखद सुरुवात गरेको छ । र, लण्डन डर्बीमा वेष्टहामलाई ३-२ ले हराएको छ ।

टोटनहृयामको प्रिमियर लिगमा २० जनवरीपछि यो पहिलो अवे जित समेत हो ।

माउरिन्हो प्रशिक्षक बनेपछि पहिलो खेल खेलेको टोटनहृयामले ३६ औं मिनेटमा हिउङ मिन सनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफ सकिन लुका मौराले गोल गरेपछि भ्रमणकारी टोली २-० ले अगाडि हृयो ।

दोस्रो हाफको सुरुमा नै हृयारी केनले गोल गरे । र, टिमको सहज जितको अनुमान गरिएको थियो ।

तर वेष्टहामले कडा टक्कर थियो । ७३ औं मिनेटमा एन्टोनिओले गोल गरे भने इन्जुरी टाइममा ओग्बोनाले गोल गरे । यद्यपि हार भने टार्न सकेन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय