+
+
Shares

गैरआवासीय नेपालीद्वारा ग्वान्जौमा रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते ९:१७

९ मंसिर, काठमाडौं । चीनको व्यापारिक सहर ग्वान्जौमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ चीन र ग्वान्जौस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आइतबार आयोजित कार्यक्रममा ८८ जनाले रक्तदान गरेका हुन् ।

रक्तदातामध्ये ७६ नेपाली र बाँकी चीनलगायतका देशका नागरिक रहेको संघका उपाध्यक्ष सुशील वेल्बासेले अनलाइनखबरलाई जानकारी दिए । व्यवसायी तथा साउथ चाइना युनिभर्सिटी, ग्वान्जौं नानफाङ युनिभर्सिटी र सनयात्सेन युनिभर्सिटीका विद्यार्थीलगायतले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?