Comments Add Comment

बिग ब्यास लिगमा पहिलोपटक महिला प्रशिक्षक

अष्ट्रेलियाको टि-२० फ्रे न्चाइज लिग बिग ब्यासमा पहिलोपटक एक महिला खेलाडीले प्रशिक्षकको जिम्मेवारी पाएकी छिन् । अष्ट्रेलियन महिला टिमकी पूर्वविकेटकिपर जुलिया प्राइसलाई ब्रिस्बेन हिटले आउँदो सिजनका लागि सहायक प्रशिक्षक नियुक्त गरेको हो ।

च्यानल सेभेनमा कमेन्टेटेरका रुपमा कार्यरत प्राइसले अमेरिकाको महिला टिम पनि हेर्द आएकी थिइन् । अब उनले प्रमुख प्रशिक्षक ड्यारेन लेहम्यानलाई साथ दिनेछिन् । उनीसँगै जेम्स होप्स पनि सहायक प्रशिक्षकका रुपमा छन् भने बलिङ प्रशिक्षकका रुपमा रायन ह्यारिस छन् ।

प्राइसले यसअघि महिला राष्ट्रिय क्रिकेट लिगमा तास्मानियाको जिम्मेवारी सम्हालेकी थिइन् । अमेरिकाको टिमलाई प्रशिक्षण गर्दा आफूलाई यो क्षेत्रमा निरन्तरता दिन प्रेरणा मिलेको उनी बताउँछिन् । हिटमा आवद्ध ब्याट्सम्यान एबी डिभिलियर्ससँग सहकार्य गर्न उनलाई सबैभन्दा बढि उत्साह छ ।

‘म साँच्चै खुशी छु, महिलाहरुलाई सिकाएको भन्दा यो फरक अनुभव हुने छ,’ च्यानल सेभेनमा उनले आइतबार भनिन् । उनले प्रशिक्षणसँगै खेलाडीबाट पनि आफूले धेरै कुरा सिक्न पाउने अपेक्षा राखेकी छन् ।

अष्ट्रेलियाका लागि १० टेस्ट र ८४ एक दिवसीय खेलेी प्राइस सन् १९९७ र २००५ मा अष्ट्रेलिया विश्वविजेता बन्दा टिमकी सदस्य थिइन् ।

प्रमुख प्रशिक्षक लेहम्यानले प्राइसको आगमनले टिमलाई निकै फाइदा पुग्ने आशा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment