Comments Add Comment

ट्रम्पलाई पछि पार्दै १६ वर्षीय ग्रेटा थनवर्ग बनिन् ‘टाइम वर्ष व्यक्ति’

२५ मंसिर, काठमाडौं । जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गलाई चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको छ । स्वडेनी वातावरण अभियन्ताले वर्ष व्यक्ति दौडमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पारेकी हुन् ।

टाइम म्याजिनले वर्ष भरीमा सबैभन्दा प्रभावकारी काम गर्नेलाई वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । ग्रेटाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन एक्सन सम्मेलनमा दिएको मन्तव्य विश्वभरी चर्चित बनेको थियो ।

ग्रेटा, ट्रम्प, सी, जुकरबर्ग, न्यूजल्याण्डकी पूर्व प्रधानमन्त्री जेसिन्दा एड्रिन, अमेरिकी फुटबलर मेगान रिपोनी, हङकङका आन्दोलनकारी, ट्रम्पका वकिल रुदी जिलिनी, दि ह्विसेल ब्लोअर र युएस हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसी वर्ष व्यक्तिको अन्तिम दश जनाको सूचीमा परेका थिए ।

को हुन ग्रेटा थनवर्ग ?

ग्रेटा सन् २००३ मा स्वेडनको राजधानी स्टकहोममा जन्मेकी हुन् । उनी २०१८ मा स्कुल जान छोडेर स्वेडनको संसद भवन अगाडि धर्ना बसिन् ।

१५ वर्षको उमेरमा हातमा बसेर लठ्ठी लिएर धर्ना बसेकी ग्रेटाको नारा छ–स्कुल स्ट्राइक फर दि क्लाइमेट चेन्ज अर्थात जलवायुका लागि विद्यालय हड्ताल ।

ओपेरा गायिका आमा र अभिनेता बाबुकी छोरी ग्रेटाले खासगरी हरित गृह ग्यास उत्सर्जन चाँडोभन्दा चाँडो कटौती गर्नुपर्नेमा जोड दिँदै आएकी छन् । हरित गृह ग्यास उत्सर्जनमा उनी यति प्रतिबद्ध छन् की सकेसम्म हवाईजहाज चढ्दिनन् । सम्भव भएसम्म उनी हरित गृह ग्यास उत्सर्जन नगर्ने सवारी साधनको प्रयोग गर्छिन् ।

उनी २०१९ को नोवेल शान्ति पुरस्कारको मनोनयनमा समेत परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment