+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

भौतिकशास्त्रको प्रश्नपत्र विवादबारे सतर्कता केन्द्रद्वारा कागजात नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १४:५८

२७ मंसिर, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले त्रिभुवन विश्वविद्यालयको विवादित प्रश्नपत्रको विषयमा अनुसन्धान गर्न कागजात नियन्त्रणमा लिएको छ ।

भौतिक शास्त्र स्नातकोत्तर तह पहिलो सेमेस्टरका विद्यार्थीले क्वान्टम मेकानिक्स (आई फिजिक्स– ५०३) विषयको परीक्षामा ३० भन्दा बढी नम्बरको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट सोधिएको भन्दै गत पुस २९ गते ताहचल केन्द्रको परीक्षा बहिस्कार गरेका थिए ।

साथै उनीहरुले अख्तियार र सतर्कता केन्द्रलाई उजुरी दिएका थिए । यही विषयमा अनुसन्धान गर्न भौतिकशास्त्र केन्द्रीय विभागबाट केही कागजपत्र प्राप्त भएको सतर्कता केन्द्रका इन्सपेक्टर बुद्धि खनालले जानकारी दिए ।

यस विषयमा अनुसन्धान गर्न डिन कार्यालयबाट थप कागजात आवश्यक पर्ने उनले बताए । ‘डिन कार्यालयको कागजात आइतबारमात्र प्राप्त हुनेछ । त्यसपछि अनुसन्धान सुरु गर्नेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?